रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापाको अनुपस्थिति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २५, सोमबार (११ घण्टा अघि)
  • २७ पटक पढिएको
रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापाको अनुपस्थिति

काठमाडौं, २५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ।

रविले आज बिहान ९ बजेका लागि समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ । तर, कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने भएछन् ।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्दैछ ।

सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस