सुलीगाड खोलामा एक जनाको शव भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
सुलीगाड खोलामा एक जनाको शव भेटियो

काठमाडौं, १४ असार। डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला परेको छ ।

जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका-०८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अक्सर स्थानीयवासीले आइतबार बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीलाई सूचना प्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेपछि मात्रै शवको पहिचान खुल्ने र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस