सरिता श्रीवास्तव । रौतहट । बैशाख ०५ गते
आज उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व समापन भएको छ । रौतहट सहित मधेशमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन रौतहटको विभिन्न जलाशयहरु जस्तै लालबकैया,बागमती,अरुवा नदीमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी श्रद्धालु भक्तजनहरुले मनाएका छन् ।
चैती छठ पर्वमा रौतहटको लालबकैया,बागमती,अरुवा नदीमा लगायत जलाशयमा श्रद्धालुहरुको भिड लाग्ने गर्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूराहोस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ ।
तेस्रो दिन साँझ व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेल सम्म आराधना गरेका छन् । दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् गरिन्छ । त्यस्तै त्यसको भोलिपल्ट आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरेका छन् ।