सागर संगम ठाकुर । रौतहट । बैशाख १५ गते
रौतहटको कटहरिया नगरपालिका वडा नं। १ भषेढवा र वडा नम्बर दुईका हथियाहीमा नेकपा माधव समुहको वडा कमिटी तथा भातृ संगठन युवा कमिटी गठन गरिएको छ ।
पुर्व उपसभापति रोजुदीन आलमको बिषेश उपस्थितीमा क्षेत्रिय ईन्चार्ज राधामोहन यादवका नगर सह संयोजक भुपेन्द्र कुश्वाहा उपस्थितीमा गठन गरिएको छ ।
वडा नं। १ मा संयोजक लालबाबु प्रसाद यादव,सहसंयोजकमा रामबिलाश यादव, सदस्यहरुमा हफिज अंसारी कृष्णनन्दन यादव,गणिलाल यादव, राम बिश्वास दास ,ठगिया देवी दास , खान्ती ठाकुर लगाएत १७ सदस्य कमिटी गठन गरिएको हो ।
त्यसै गरि युवा कमिटीमा संयोजक मुकेश कुश्वाहा ,सहसंयोजकमा मनोज दास ,सदस्यहरुमा रामजन्म राय, सुरेन्द्र साह,अशोक दास,मुकेश यादव लगाएत ब्यक्तीहरु रहेका छन ।
त्यस्तै महिला कमिटी पनि गठन गरिएको छ । महिला कमिटीको संयोकमा प्रमिला देवी राम,सहसंयोजक मिना देवी ठाकुर ,सदस्यहरुमा शान्ति देवी,लालवती देवी राम,सुखनी देवी राम,लखपतिया देवी सुगिया देवी दास, लगाएत २७ सदस्य महिला कमिटी गठन गरिएको छ ।
त्यस्तै वडा नम्बर २ हथियाहीमा संयोजक रबिन्द्र झा,सहसंयोजक सुनिल झा,सदस्यहरुमा तेजनरायण झा,राधो झा,नरेन्द्र झा,मनोज झा,भोला महतो,सरोज झा,अमिरी भगत,नबिन चौधरी लगाएत २५ सदस्य वडा कमिटी गठन गरिएको बताएका छन ।
नेकपा एमाले माधव समुहका जिल्ला तथा क्षेत्रिय स्तरका पार्टीका बुद्धिजीवीहरु बैठक बसि संगठन बिस्तार र पार्टीलाई सुद्धिढिकरण गर्ने निर्णय गरिएको थियो ।