
काठमाडौं, ०५ असार। अमेरिकासँगको युद्धमा फँसेको इरानमा एक गायिकालाई दोषी ठह¥याउँदै कोर्रा हान्ने सजाय तोकिएको छ । इरानको कÞोम प्रान्तमा रहेको रहेको एक अदालत गायिका परस्तु अहमदीलाई कोर्रा हान्ने सजाय तोकेको हो ।
उनीसँगै ’कारवान्सराय कन्सर्ट’ का आठ अन्य सदस्यहरूलाई अदालतले ७४ कोर्रा हान्ने सजाय तोकेको बीबीसीले जनाएको छ । अदालतले उनीहरूमाथि दुई वर्षसम्म देश बाहिर नजान र दुई वर्षसम्म कलासँग सम्बन्धित क्रियाकलाप नगर्न पनि आदेश दिएको छ ।
अदालतले इस्लामी कानूनका धाराहरूको हवाला दिँदै उनीहरूलाई सजाय तोकेको समाचारमा उल्लेख छ । ‘यो फैसला देशको मिडियामा पनि छापिने छ,’ आदेशमा भनिएको छ ।
सजय सुनाइएकाहरूमाथि इन्टरनेटमा गलत र अश्लील कुरा राखेर आममानिसको शालीनतामा नोक्सान पु¥याएको आरोप लगाइएको छ ।
‘कारवान्सराय कन्सर्ट’ को भिडियो डिसेम्बर २०१४ मा गायिका परस्तु अहमदीको युट्युब च्यानलमा अपलोड गरिएको थियो । भिडियोमा गायिका हिजाब बिना गीत गाइरहेको देखिन्छ ।
उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । भिडियो केही घण्टामै एक लाखभन्दा बढी पटक हेरिएको थियो । अहिलेसम्म उक्त भिडियोलाई झण्डै ३० लाख पटक हेरिसकिएको छ ।
