हर्क साम्पाङको गुनासो : ‘यो देश ढुंगाहरूको हो या मान्छेको ?’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
हर्क साम्पाङको गुनासो : ‘यो देश ढुंगाहरूको हो या मान्छेको ?’

काठमाडौं, ०५ असार। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि उठाउँदा समेत सभामुखले समेत नसुनेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीको आफ्नो वक्तव्य सच्चाउनुपर्ने दोहोर्‍याए ।

उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको करिब १ महिना धेरै भइसक्यो । प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ, यो प्लेकार्ड बनाएर उभिएको पनि । सभामुखलाई पनि हामीले त्यति नै लामो समयदेखि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’

उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरे।

उनले थपे, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस