राजेन्द्र सर्लाही जेठ १५ गते
लालबन्दी जेसिजले तेस्रो स्थापना दिवशको अवसरमा हरिवन (९ नयारोडमा रहेको मानवसेवा आश्रममा ३० हजार लागतको खाध सामाग्री हस्तान्तरण गरेको छ नेपाल जेसिजको विधि पदत्ति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटि जेसिजले मातृत्व प्रधान गरेको लालबन्दी जेसिजले स्थापनाको खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार मनोज बख्रेलले बताउनु भयो पछिल्लो समय दोस्रो र तेस्रो भेरिएण्टको कोभिड महामारीका विचमा सवै बेघर, बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेको सर्लाही हरिवनको मानव सेवा आश्रममा जेसिजले सहयोग गर्ने निर्णय गर्दै उपाध्यक्ष जेसी सन्तोष पौडेलको संयोजकत्वमा खाधान्न हस्तान्तरण गरिएको हो खाधान्न सामाग्रीमा चामल २५० केजी , दाल ३० केजी , चना २० केजी , आलु ६० केजी , २० लिटर तेल, १२० पिस चाउचाउ र २०० प्रति सर्जिकल माक्स हस्तान्तरण गरिएको लालबन्दी जेसिज वर्ष २०२१ का अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिनुभयो हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले स्वागत मन्तव्य राख्दै सहयोगी युवा मनको उच्च सम्मान गर्नुभएको छ लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तब्य राख्दै युवा व्यवसायी सुदेश ढुङ्गानाले निरन्तर सहयोगको प्रतिबध्यता गर्नु भयो कार्यक्रममा सस्थापक अध्यक्ष किरण घिमिरे , वर्तमान अध्यक्ष श्याम कुमार खड्काले संस्थागत मन्तब्य, योजना, अभियान र धन्यवाद ज्ञापन गर्नुभएको छ आज विहान सम्पन्न हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने , केशव खड्का , महासचिव राजकुमार सिंह , उपाध्यक्ष द्वय कुमार घिमिरे , सन्तोष पौडेल लगायतको उपस्थिति थियो कार्यक्रम संयोजक जेसी सन्तोष पौडेल स्वयमले सहजीकरण गरि हस्तान्तरण गरिएको हो