राजिव शाह सर्लाही १ असार
जिल्ला प्रशासन कार्यालय सर्लाही द्वारा खुकुलो गर्दै असार ७ गतेसम्मको लागी निषेधाज्ञा पुनः थप गरिएको छ । सोमबार मलंगवामा बसेको डिसिसिएमसीको बैठकले जिल्लामा निषेधाज्ञा जारी राख्ने तर खुकुलो गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो । निषेधाज्ञा अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होट्ल ,रेस्टुरेन्ट सैलुन,शैक्षिक संस्था बन्द रहने छन् । स्वस्थ्य सुरक्षा सञ्चार विद्युत खानेपानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । यसैगरि स्वास्थ्य संस्था,पेट्रोल पम्प खुला रहने छन् भने खाधान्न फलफुल,तरकारी दूध डेरी ग्यास पसल बिहान ७ बजे देखि १२ बजे सम्म मात्र खोल्न पाइने छन् । नेपाल रास्ट्र बैंकको निर्देश अनुसार स्वस्थ्य मापदण्डको पुर्ण पालना गरि संचालन गर्न सकिने जनाएको छ । सर्लाही जिल्लामा गत बैशाख २५ गते मध्यरातबाट निषेधाज्ञा जारी गरिएको छ ।