उपेन्द्र गोले रौतहट १ असार ।
रौतहटमा निषेधाज्ञा खुकुलो भएसँगै नागरिकहरुमा चहलपहल बढेको छ । रौतहटमा गत बैशाष २१ गतेबाट जारी गरेको निषेधाज्ञा केही खुकुलो बनाउदै थप असार ७ गतेसम्म लम्ब्याइएको छ । मंगलबारबाट खुकुलो बनाइएको निषेधाज्ञाको पहिलो दिन रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा पसल ब्यावसायीहरु खुलेका छन । मानिसहरुको चहलपहल पनि बढेको छ । आज बिहानै बाट चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्र चोक तथा बजारहरुमा सञ्चालनमा रहेको किराना पसल , फेन्सी , स्टेशनरी , जुत्ता चप्पल , टेलर्स , बैक तथा वित्तिय संस्थाहरुमा भिडभाड देखिएको छ । एक महिनाको लामो बन्दका कारण घरभित्र नै बसेका आम नागरिकहरु निषेधाज्ञा खुकुलो भएपछि सडकमा देखा पर्न थालेका छन । सडकमा अन्य दिनको तुलना आज निजि सवारी साधनहरुमा रोक लगाइएको भएतापनि मोटरसाइकल , अटो , जीपजस्ता सवारी साधनहरु बाक्लै देखिएका छन । कोरोना महामारीको जोखिम रौतहटको चन्द्रपुर नगरपालिकामा कम हुन सकेको छैन । खुल्याम नागरिकहरु भिडभाडका साथ विना काम हिडडुल गर्दा कोरोनाको जोखिम बढ्ने स्थानियले आकंलन गरेका छन ।