शम्भु पान्डे जनकपुरधाम असार ०१ गते ।
प्रदेश सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले २० करोड बजेट छुट्याएको जानकारी दिएका हो । यादवले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै यस्तो बिशेषता बताएका छन । उनले कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुनदिने बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको जानकारी दिएको छ । प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड विनियोजन गरिएका छन् ।