शम्भु पण्डित, असार ०१ गते जनकपुरधाम ।
मधेशी समुदायका एक युवा जोडीले बिना दाइजोमो धनुषामा आदर्श विवाह गरेर समाजलाई एउटा साकारात्मक संदेश दिएका छन् । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ का निवासी श्री उमेश भण्डारी र सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १६ माडर निवासी सुजिता कुमारी भण्डारी विच आदर्श विवाह सम्पन्न भएको हो । तराई मधेशमा दान दहेजको प्रथा भए पनि युवा जोडीले त्यस्ता कु प्रथामाथी चोटिलो प्रहार गर्दै बिना भोज भतेर विना दान दहेज आदर्श विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा दुल्हीको साथै स्थानिय भद्र भलादमीहरुको उपस्थीती रहेको थियो । दुल्हा सब– ईन्जिनियर हुन भने दुलही बेचलर सकेन्डमा अध्यन शिक्षीत युवती हुन् ।