शम्भु पंडित । जनकपुरधाम । असार ०२ गते
प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसबिट्टीमा ४ वर्षीया बालिकालाई आफ्नै छिमेकीद्वारा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु मण्डलले जबरजस्ती करणी गरेका आरोपमा पक्राउ परेको छ ।
बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताएका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेका थिए ।
अबेर साँझसम्म घर नफर्केपछि घर परिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई तुरुन्तै खबर गरे । सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको एसपी रानाभाटले जनकारि दिएको छ ा ।
यसअघि मण्डलले आफ्नै गाउँकी एक महिलालाई जबरजस्ती करणी गरेका थिए । सो बेला घटनालाई स्थानीयले गाउँमै ढाकछोप गरी मिलापत्र गरेका थिए ।