पाँच दिनदेखि अबिरल वर्षा को कारण बसतपुर प्रहरी चौकी डुबानमा वडा अध्यक्ष गैर जिम्मेवार हुदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ३, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
पाँच दिनदेखि अबिरल वर्षा को कारण बसतपुर प्रहरी चौकी डुबानमा वडा अध्यक्ष गैर जिम्मेवार हुदै


अमरेस कुमार पाण्डेय । कलैया बारा असार ०३ गते
पाँच दिनदेखि अबिरल वर्षा को कारण बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुर प्रहरी चौकी डुबानमा परेको छ। प्रहरी चौकी भित्र नै पानीले पोखरी जस्तै भएकोले सुरक्षा कर्मीहरु लाइ बस्ने बास को समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नं २० को वडा अध्यक्ष इमामोदिन असारी ठकुराइले सुरक्षाकर्मीकोलागि कुनै किसिमको सुबिधा नदिएको गुनासो बढेको छ। प्रहरी चौकी बसतपुरका सुरक्षा कर्मीहरु लाइ बस्ने कोठा र खाना पकाउने कोठा को समस्या समाधान गर्न सकेका छैन । कलैया उपमहानगरपालिकाको सहयोगमा बसतपुर चौकिको भवन निर्माणमा पनि गुणस्तर समाग्री प्रयोग न भएको पाईन्छ । सुरक्षा व्यवस्था कडा गर्न सधैं वडा अध्यक्ष ठकुराइले पहल गर्छन् तर सुरक्षा कर्मीहरु लाई उभेर डिउटी गर्ने ठाउँ समेत मिलाई दिएका छैनन् । संचारकर्मी अमरेस कुमार पाण्डेयले वडा अध्यक्ष ठकुराइसंग प्रतिक्रिया लिदा यो पानी निकाश किन गर्नु भएको छैन भन्नेमा वडा अध्यक्षले संचार कर्मी लाई अभद्र व्यवहार असभ्य भाषा प्रयोग गर्दै मेरो वडा को समस्या हो म समाधान गर्दैन तपाईं जस्तो कत्ती पत्रकार आउँछ जान्छन ।मलाई मतलब हुँदैन। तिमिलाई जे गर्न मन लाग्छ त्यो गर्नु भनि वडा अध्यक्ष ठकुराईले दादा गिरि शैली मा कुरा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस