अमरेस कुमार पाण्डेय । कलैया बारा असार ०३ गते
कलैया उपमहानगरपालिका वडा नम्वर ३ भवानीपुरका जनता माध्यमिक विधालयमा साईकल वितरण गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको हो । प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई प्रोत्साहन गर्नको लागि प्रदेश सरकारले साईकल वितरण गरेको हो । उपमहानगरको विभिन्न विधालयहरुमा साईकल वितरण गर्न लागिएको हो । साईकल वितरण कार्यक्रमको प्रमुख अतिथि माननिय पारस प्रसाद साहले छोरीहरुलाई पढाईमा सहज हुन साईकल वितरण गरिएको हो । विधालयलाई व्यस्थित गर्न वडाध्यक्ष जलाउदिन मसुरले अहम भुमिका खेलेको उनले बताए । विधालयको पुर्वाधार देखि शिक्षामा उल्लेख्नीय कार्य गरेको सर्वविदतै छ । अरु वडामा प्रदेशको बजेट लग्यो भने विभिन्न बाधा अडचन सृजना हुने गरेको अनुभव समेत साहले व्यक्त गरे । तर वडा ३ को जनता, सिदेश्वर माविमा प्रदेशले गर्न चाहेको विकासमा वडाध्यक्षको सकरात्मक पहलले दिगो विकास भएको उनले बताए । विधालय प्राङ्गणमा देखिएको सेडलाई हटाई सुलभ भवन बनाउन आफनो कोषबाट २० लाख दिने प्रतिवद्धता समेत गरेका छन् । कार्यक्रमको अध्यक्षता गरिरहेका वडाध्यक्ष जलाउदिन मंसुरले प्रदेश २ सरकारको मुख्य एजेण्डा भनेको छोरीहरुलाई शिक्षित गर्नु रहेको छ । एउटा घरको छोरी शिक्षित भयो भने त्यसको सम्पुर्ण परिवार शिक्षित हुने मान्यता महसुस गरेकोले साईकल वितरण गरि छोरीहरुको शिक्षामा मनोवल बढाउने काम गरिएको वडाध्यक्ष मसुरले बताए । विधालयका कक्षा ८ मा पढने ३६ जना छात्राहरुलाई साईकल वितरण गरिएको प्रधानाध्यापक लालबाबु जैयसवालले जानकारी गराएका छन् । कार्यक्रममा माननिय पारस साह, वडाध्यक्ष जलाउदिन मसुर, सिदेश्वर माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष रामअस्रे साह कानु, राजाबाबु साह कानु, रमेश साह, संजय कुशवाहा, अखिलका दिनेश यादव,शिक्षक दिपनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा उर्मिला यादवले अतिथिहरुलाई दोस्सला लगाई सम्मान गरेकी थिईन ।