आरके श्रीवास्तव । कटहरिया । असार ०४ गते
रौतहट जिल्लाको कटहरियामा विधालय भवनको शिलान्यास गरिएको छ । श्री धनलक्ष्मी प्राथमिक विद्यालय कटहरियाको भवन अभावलाइ मध्य नजर गरि शिलान्यास गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच विधालयको नयाँ भवन निर्माणको लागि शिलान्यास गरिएको हो । कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा विधालयको नयाँ भवन निर्माण हुने भएको छ । सो भवनको शिलान्यास रौतहट निर्वाचन क्षेत्र नं ३ (ख) का नि. वर्तमान प्रदेश सांसद कुन्दन प्रसाद कुशवाहा र विशिष्ट अतिथि कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्र. कुशवाहाले संयुक्त रुपमा गर्नु भएको थियो । सो अवसरमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष योगेन्द्र प्र. साह,कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुश्वाहा, कटहरिया नगर कार्यपालिका सदस्य रामप्रवेश साह सोनार, महिला वडा सदस्य सीता देवी, नेपाल सोनार समाज सेवा समितिका जिल्ला अध्यक्ष जय किशोर प्रसाद साह, प्र. अ. रामअश्रे राय यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह सोनार तथा विद्यालय प्रधानाध्यापक राकेश साह सोनार, युवा नेता राकेश गिरी, उ.मा.वि. कटहरिया का पूर्व अध्यक्ष रामअधार यादव तथा सञ्चारकर्मी र स्थानीय लगायतका उपस्थिति मा शिलान्यास कार्यक्रम भब्य रुपमा सु–सम्पन्न भएको हो । सो भवन नगरस्तरिय योजना बाट १६ लाखको लागतमा २ कोठे भवन निर्माण हुन लागेको सो विधालयका प्रधानाध्यापक राकेश साह सोनारले बताउनु भयो ।