आरके श्रीवास्तव । रौतहट । असार ०४ गते
रौतहटको राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरेन्द्र प्रधानले सम्हालेका छन । जिल्लामा सम्भवतः एक मात्र उप सचिव प्रधानको राजपुर चौथो नगरपालिका हो । प्रधानले आज शुक्रवार देखी राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका हुन ।
यसअघि रौतहटकै चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भाल्दै आइरह्नु भएका प्रधानलाई थप जिम्मेवारी सौपिएको छ । यस अघि वहाँ जिल्लाको फतुवा विजयपुर नगरपालिका र गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भालि सक्नु भएको छ । यसअघि राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत को रुपमा बैजु ठाकुर रह्नु भएको थियो । वहाँको ठाउँमा प्रधानलाइ कार्यभार दिइएको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्रधानले आफु जन्ताको इच्छा र चाहना अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राजपुर नगरपालिकालाई समृद्ध र विकसित नगरपालिका बनाउन आफु कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । असार १० गते हुने नगरसभाबाट नगरको मुहार फेर्ने गरी जनमुखी योजनाहरु पहिलो प्राथमिक्तामा राख्ने समेत उनले बताए । प्रधानले नगरपालिकाको अधिकृतको जिम्मेवारी सम्हालेपछि हरेक काम पारदर्शी हुने, विकास निर्माणको काम गति लिने तथा समृद्ध एवं शुसासनयुक्त नगरको परिकल्पना साकार हुनेमा नगरवासी आशावादी रहेका छन । बागमती प्रदेशको हेटौडा निवासी उप सचिव सुरेन्द्र प्रधान रौतहटमा सफल राष्ट्रसेवक कर्मचारीको रुपमा साबित हुँदै गइरहनु भएको छ । वहाँले काधमा कयौं जिम्मेवारीहरु थपिदै गएको छ । वहाँ जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरक्त रह्नु भएको छ भने भूमि सम्बन्धि समस्या सामाधान आयोग रौतहटको सदस्य सचिव समेत रहनु भएको छ । वहाँ आएपछि सबै भन्दा बढी विवादित मानिने फतुवाविजयपुर नगरपालिकाको समस्या समाधान गर्न सफल हुनु भएको थियो ।