संसारमा मानवीय सर्वोच्चता हुनुपर्छ । मानवलाई सबैले सर्वोच्च मान्नुपर्दछ । मानिसलाई सबैभन्दा ठूलो भन्नुको अर्थ हो मानिसलाई हुने समस्याबाट जोगाउनु हो । मानिसमाथि कुनै किसिमको विभेद हुनुहुँदैन तर जहाँ द्वन्द्व हुन्छ त्यहाँ अनेक समस्या उत्पन्न हुन्छन् । द्वन्द्वको समयमा मानिसले मानिसलाई नै शत्रुसम्म ठान्न पुग्दछ र विपक्षीलाई सकेसम्म हानि पु¥याउन खोज्दछ । यस क्रममा कहिलेकाही अमानवीय कार्यहरु पनि हुन थाल्छन् । यस्ता अमानवीय कार्यमध्ये एक हो द्वन्द्वमा यौन हिँसा । द्वन्द्वमा परेका महिला, बालबालिका तथा अपांगमाथि यौन दुव्र्यवहारका घटनाहरु हुने गरेका छन् । द्वन्द्वको समयमा द्वन्द्व भएको स्थानमा यस्ता घटनाहरु हुने गरेको पाइएको छ जुन मानवीय दृष्टिकोणले सर्वथा अनुचित तथा अपराधपूर्ण कार्य हो । द्वन्द्वमा कुनै पनि किसिमको यौन हिंसा हुनु हँदैन । यौन हिंसाले मानवतालाई धज्जी उडाउँछ । जसमाथि यस प्रकारको दुव्र्यवहार हुन्छ, उसले आफ्नो जीवनमा सितिमिति यस घटनालाई बिर्सिन सक्दैन । साथै कतिपयको मनोविज्ञानमा पनि नकारात्मक असर पर्दछ । जो अपराधी हुन्छ उसले यदि द्वन्द्वको फाइदा उठाएर सजाय पाउन सकेन भने उसको मनोबल झन् बढ्न सक्छ । यसकारण कही कतैबाट कसैले कुनै किसिमले यस प्रकारको अपराधलाई बढावा दिनु हुँदैन, संरक्षण गर्नु हुँदैन भन्ने विश्वव्यापी पान्यता रहेको छ । यही विश्वव्यापी मान्यताको कारणले हरेक वर्ष आजको दिन द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । द्वन्द्वमा कुनै पनि यौन हिंसासम्बन्धी घटना नहोओस् भन्ने चेतना फैलाउनु पर्दछ । यस अन्तर्राष्ट्रिय दिवसको महत्वलाई गाउँ समाजसम्म पु¥याउनु पर्दछ । हुन त हामा्रो समाजमा अहिले द्वन्द्व छैन तर यो विश्वव्यापी मनाइने दिवस भएकोले यसबारे जानकारी लिइराख्नु सर्वथा उचित हुन्छ ।