उपेन्द्र गोले । रौतहट । ०५ असार गते
रौतहटको गौर अस्पतालका चिकित्सकहरुका लागी पिपिई हस्तान्तरण गरिएको छ । रौतहटको गौर स्थित कोरोना अस्पतालमा कार्यरत चिकित्सकहरुलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले शुक्रबार १४ थान पिपिई अस्पतालका डाक्टर कृष्ण साहलाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो । पत्रकार महसंघ रौतहट शाखालाई प्रदेश सरकार तथा विभिन्न दातृसंस्थाहरुले कोरोना जोखिमबाट बच्नका लागी विभिन्न समयमा हस्तान्तरण गरेको पिपिई शुक्रबार गौर अस्पतालका चिकित्सकहरुलाई हस्तान्तरण गरेको हो । पछिल्लो समय कोरोना संक्रमण दरमा कमी आएको भएतापनि कोरोना जोखिममा भने कमी हुन सकेको छैन । रौतहटका १८ ओटा स्थानिय तहहरुमा कोरोना संक्रमणका बिरामीहरु होमआइसोलेसनमा उपचाररत रहेका छन । चिकित्सकहरुले घरघरमा नै पुगेर संक्रमितहरुको अबस्था बुझ्न जाने गरेका कारण बिरामीहरुको मनोलव उच्च भएसँगै कोरोना जित्नेको संख्यामा पछि बृद्धि हुदै गएको चिकित्सकहरुले बताएका छन ।