राजेश पासवान । असार ०५ गते
वृन्दावनको बहुअरीमा वडाध्यक्ष दिनानाथ महतोको सक्रियताले हराएको बाटो विस्तार हुन लागेको हो ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्ष महतोले आफ्नो वडामा विकास निर्माणको कार्य तिव्र गतिमा अगाडि बढाएका छन् ।
वडा अध्यक्ष महतोले वडा भित्रका बर्षौं देखि लोप भएको पुरानो रजइया सडकको,सडक बिस्तार द्रुत गतिमा अगाडि बढाएका हुन ।
आफ्नो वडाको विकास निर्माण कार्यमा अग्रपंतीमा ल्याउने सोंच राखेका वडाध्यक्ष महोतोले लाखौंको लागतमा नाला निर्माण तथासडक ढलान र सडक बिस्तार कार्यमा पुर्ण रुपले सक्रियता देखाएका छन् ।
त्यसैगरी वृन्दावन नगरपालिका वडा नं। ८ बहुअरी गाउँको दलित बस्ती देखि बेलवाघाट सम्म जाने रजईया सडकमा , करिब पाँच बिगहा क्षेत्रफल बराबर सडकको जमिन किसानहरुले बर्षौंदेखि अतिक्रमण तथा कटानी गरेको सडकको ,स्थानिय युवाहरूको सहयोगमा वडा अध्यक्ष महतोले क्याप्चर गरेर सो सडकको बिस्तार गरेका छन।
पछिलो समय वडाअध्यक्ष महतोले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्न थालेपछि वडावासी हर्षित भएका छन ।
यस्तै नै युवाहरुले सहयोग गरे आफुले जनताको चाहना अनुसारको काम गर्दै जाने वडा अध्यक्ष महतोले प्रतिवद्धता जनाएका हुन ।
वडाको चौतर्फि विकास गरी वडालाई एक समृद्ध र विकसित वडा बनाउने आफनो योजना रहेको वडा अध्यक्ष महतोले बताए ।
वडाअध्यक्ष मेहतोको जनमुखी कार्यबाट वडावासी निकै उत्साहित भएका छन ।