धर्मेन्द्र कुमार यादव । महोत्तरी । असार ०५ गते
महोत्तरी जिल्लाको गौशालामा रहेका रेडियो जुनतारा १०३।४ मेगाहर्जका कर्मचारी अर्जुन महतोको निधन प्रति विभिन्न संघ संस्थाहरु द्वारा दुख व्यक्त गरेका छन् । प्रेस मञ्च नेपाल, नेपाल पिछडा वर्ग पत्रकार माहासाभा, रेडियो जुनतारा, रेडियी गौशाला, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकाले शनिवार शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घर भएका ३० वर्षिय महतोको शुक्रवार साँझ सडक दुर्घटनामा परि असमायिक निधन भएको थियो। सबै संघ संस्थालाई स्तब्ध एवं मर्माहत बनाएको शोक वक्तव्यमा उल्लेख गरिएको छ । शुक्रवार सर्लाहीको श्रीनगर–हरिपुर्वा–बसन्तपुर सडकखण्ड अन्तर्गत हरिपूर्वा नगरपालिका–९ बसन्तपुरमा टिपरले किच्दा ज ७ प ९०४२ नम्बरको मोटरसाईकलमा सवार संचारकर्मी कुशवाहाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्लाको पत्रकारहरुको समुहले मृतक कुशवाहाको परिवारसँग भेटघाट गरि दोषीलाई कडा कारवाही र उचित क्षतिपूर्ति दिलाउन महासंघले पहले गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मृतक कुशवाहाको दुई छोरा, एक छोरी र श्रीमति छन् । घटनाको सत्यतथ्य पत्ता लगाई दोषि उपर कडा कारवाही गर्न महासंघले प्रहरी प्रशासनसँग माग गरेको छ । साथै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थासँगै स–साना बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको प्रबन्ध गरिदिन समेत सम्बन्धित सरोकारवालाहरुसँग महासंघले माग गरेको छ । यता घटनाको सत्यतथ्य पत्ता लगाउन पत्रकार महासंघ महोत्तरी शाखाकी महिला उपाध्यक्ष सुनिता कुमारी महतोको संयोजकत्वमा ३ ९तीन० सदस्यीय छानविन टोली गठन गरिएको छ । छानविन टोलीमा दिनेश्वर महतो र धनवीर महतो सदस्य छन् । छानविन टोलीलाई ७ ९सात० दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको महासंघले जनाएको छ ।