राजिव शाह । सर्लाही । असार ०५ गते
सर्लाही प्रहरीले सशस्त्र द्वन्द्वमा प्राप्त भई म्याद सकिएका ग्रिनेड बम शनिवार नष्ट गरेको छ । दिउँसो लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित खोलामा उच्च सावधानी पूर्वक म्याद समाप्त भएका ग्रिनेड बम नष्ट गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा ग्रिनेड बम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । ग्रिनेड डिष्पोज गराउँदा स्थानीय स्तरमा निकै ठूलो विष्फोटको आवाज आएको स्थानीयले जनाएका छन् ।