रौतहटमा मंगलबारदेखि मालपोत कार्यालयहरु सञ्चालनमा आउने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा मंगलबारदेखि मालपोत कार्यालयहरु सञ्चालनमा आउने


उपेन्द्र गोले ।रौतहट असार ०७ गते
रौतहटमा मंगलबारदेखि मालपोत कार्यालयहरु सञ्चालनमा आउने भएका छन । रौतहटका कोरोना महामारीको जोखिम कायम नै रहेको भएतापनि स्वास्थ्य तथा सुरक्षाको पुर्ण रुपमा पालना गरि मंगलबाट रौतहटमा सञ्चलनमा रहेका सम्पुर्ण मालपोत कार्यालयहरुको सेवा प्रवाह हुने भुमिसुधार तथा मालपोत कार्यालय रौतहटले जनाएको छ । रौतहटको गौर , राजदेवी र फतुवा विजयपुर नगरपालिकामा रहेको मालपोत कार्यालयले आइतबार र सोमबार , राजपुर , दुर्गा भगवती र यमुनामाई गाउपािलकामा मंगलबार र बुधबार त्यसैगरि ईशनाथ र परोहा नगरपालिकामा विहिबार र शुक्रबार सेवा प्रवाह हुने मालपोल कार्यालय रौतहट गौरले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको मालपोत तथा नापी कार्यालयले पनि मंगलबारबाट सेवा प्रवाह गर्ने जनाएको छ । कोरोना संक्रमितको संकट यथावत रहेकाले अर्काे सुचना जारी नहुञ्जेलसम्मका लागी कार्यालयले सेवा प्रवाह गर्ने भुमिसुधार तथा मालपोत कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस