उपेन्द्र गोले, रौतहट ७ असार ।
रौतहटमा अखाद्य चामल सोमबार नष्ट गरेको छ । गत असार ४ गते रौतहटको राजपुर नगरपालिकाको वडा नं. ५ वस्ने वर्ष ७७ को धरिछन साहले ना.२ त–२४६१ नम्बरको ट्रयाक्टरमा विक्री वितरण गर्ने उद्देश्यले कुहिएको गन्हाउने किरा लागेको चामल लैजादै छ भन्ने सूचनाका आधारमा सोही दिन उक्त ट्रयाक्टर रौतहट राजपुर नगरपालिका वडा नं.३ मा फेला पारी ट्रयाक्टरमा रहेको ४५ बोरा ११२५ किलो चामल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको सो चामल खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मंलगवा सर्लाहीका खाद्य निरीक्षक जगत चौधरीबाट चेक जाँच गराउदा चालमको अवस्था अखाद्य रहेको जनाएको छ । सोही चामल थप परिक्षणको लागि नमुना समेत संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त ट्रयाक्टर तथा चामल धनी रिद्धी शिद्धी सेलर मिलका सञ्चालक साहलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाईएको प्रहरप्ीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशानुसार सोमबार उक्त चामल रौतहटको राजपुर नगरपालिका वडा नं.२ र ३ को सिमानामा रहेको बकैया खोलामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ ।