राजेश पासवान,असार ७ गते रौतहट ।
रौतहट जिल्लाको गरुडा नागरपनलिक वडा ६ पोठियाही टोल र देहाही गनाही नगरपालिका नगरपालिका २ को मुसहर बस्तीमा,रौतहट दलित सामुदायिक बिकास केंद्र रौतहट को सहजीकरणमा,आवर, संसार संस्था,पिपल ट्रि को आर्थिक सहयोग र मिथिला विल्डलाइफ ट्रस्ट को सहकार्यमा अति विपन्न , दलित परिवारलाई आवश्यक खाद्यान्न सहयोग गरिएकोछ ।
कोरोना भाइरसको रोकथामका लागि सरकार द्वारा जारी गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर घरपरिवार चलाईरहेका गरिब विपन्न तथा दलित समुदायको दैनिकी कष्टकर बन्दै गएपछि सोमवार २००जना गरिब परिवारलाई प्रतिघर १ बोरा चामल , चाना १ किलो , तेल १ किलो दाल १ किलो र नुन १ किलो बितरण गरेको दलितका अगुवा एवम् सामाजिक अभियन्ता उदयनरायण रामले जानकारी दिए।
साथै कोभिड (१९ र बन्दाबन्दीका कारण दलित समुदायमा परेका असर लाई मध्यनजर गरि गरिब,दलित परिवारका लागि सहयोग स्वरुप राहत वितरण गरेकोमा सहयोगी संस्थाहरु बाट आएका मुकेश साह र देवनरायण मण्डललाई सामाजिक अभियन्ता रामले विशेष धन्यवाद प्रकट गर्दै यस्तो दुःखको घरीमा पुस्ण सहयोग गर्न आग्रह समेत गरे।
२०० जना मध्य गरुडा नगरपालिका ६ पोठियाहीमा १६०जना र देवाही गोनाही नगरपालिका २ को मुसहर बस्तीमा ४० जनालाई सो राहत प्रदान गरिएकोछ ।
कार्यक्रममा माक्स लगाएर,समाजिक तथा भौतिक दुरी कायम गरिएको थियो।