स्मिथ रजक । गौर । असार ०८ गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा कम्युटर तालिम सञ्चालन हुने भएको छ । माध्यमिक तहमा अध्यनरक्त छात्राहरु लाइ लक्षित गरि सो नगरापलिकाले कम्युटर तालिम सञ्चालन गर्न लागेको नगरप्रमुख संतोष कुमार मेहताले जानकारी गराउनु भयो । नगरप्रमुख मेहताको विशेष पहलमा बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत सो तालिम संचालन हुने भएको छ । गरिब ,असहाय,दलित,मुसलिम तथा विपन्न परिवारका छात्राहरुलाइ निशुल्क ३ महिने कम्प्यूटर प्रशिक्षण हुन गइरहेको मेहताले बताउनु भयो । सो तालिममा कक्षा १० देखि कक्षा १२ सम्मको इच्छुक छात्राहरु लाइ समावेश गराइने भएको छ । तालिममा सहभागि हुनको लागि मिति २०७८ साल असार ११ गते देखि असार २० गते सम्म फारम भरि आवश्यक कागजात नगरपालिकाको कार्यालयमा पेश गर्न भनिएको छ । फारम भर्नको लागि आवश्यक कागजातहरुमा निवेदन फारम,नागरिकता वा जन्मदर्ताको प्रतिलिपी,फोटो १ थान,शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न भनिएको हो । पछिल्लो समय नगरप्रमुख मेहताले नगरको हरेक क्षेत्रको विकास गर्न तिव्रता ल्याएका छन् । साथै शिक्षा क्षेत्रमा वहाँको यो कदमले नगरवासी छात्राहरु हर्षित भएका छन् ।