स्मिथ रजक । रौतहट । असार ११ गते
इशनाथ नगरप्रमुख संतोष मेहताले देशवासी,जिल्लावासी र नगरवासीको नाममा सामाजिक संजाल फेसबुक मार्फत एउटा संदेश दिनु भएको छ । हिजो मात्रै सामाजिक संजाल मार्फत जन्ता समाजवादी पार्टीकी नेतृ प्रदेश कमिटि महिला सदस्य सोभा साहले मिडिया मार्फत दिनु भएको वक्तव्य प्रति आपक्ती जनाउनु भएको छ । साहले इशनाथ नपा द्धारा आय व्यय प्रस्तुत नभएको र नगर सभा विना जानकारीको नै भइरहेको बताएकि थिइन् तर त्यसलाइ मेयर मेहताले खण्डन गर्नु भएको छ । मेयर मेहताले भन्नु भयो परिषद हुनु भन्दा तिन दिन पहिल नै कार्यपालिकाको बैठक बसेको थियो जसमा मैले इशनाथ नपाको आय व्यय प्रस्तुत गरेको थिए । त्यसै दिन परिषदको मिति असार १० गतेको लागि तोकियो त्यसै अनुरुप नै पाँचौ नगरसभा भव्य र सभ्य रुपमा सम्म भएको हो । नगरसभा सम्पन्न भएपछि आफू नगरपालिका बाट निस्किन लाग्दा नेतृ साहको नेतृत्वमा केहि महिलाहरुले हाथ झाडु लिएर आएको देखे साथै उनीहरुले मेयर मुर्दावाद जस्ता लगाइ राखेका थिए । साहले नै गुण्डागर्दी शैलीमा आफूहरु माथि आक्रमण गर्ने प्रयास समेत गरिन् । तर पछि मिडिया मार्फत म लाइ नै बदनाम गर्ने मनसायले गुण्डा राखेर नगर सभा गराएको भनि अभिव्यक्क्ती दिएकी थिइन् । जुन एकदमै गलत हो वहाँ सरासर झुठ बोलि राख्नु भएको छ । नगर प्रहरीहरु लाइ उनीहरुले झाडुले मारपिट पनि गरे । मेयर मेहताले रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादव र सुरक्षा निकायका प्रमुखहरु सँग सिसिटिभीको फुटेज हेरेर निर्णय गर्न आग्रह गर्नु भएको छ । कसले गुण्डागर्दी गर्न खोजेको हो त्यो कैमराको भिडियो बाट नै प्रष्ट हुने वहाँले बताउनु भएको छ । कसले गलती गरेको हो त्यो पर्दाफास हुने बताए । साथै वहाँले उक्त घटनाको घोर भर्तसना गर्दै कडा भन्दा कडा कार्यवाहीको लागि माग गर्नु भएको छ । घटनाको सत्य तथ्य जाँच बुझ गर्न माग समेत गर्नु भएको छ । प्रदेश सरकार बाट आउने बजेट पारदर्शी रुपमा खर्च भएको जानकारी आफूले सामूहिक रुपमा नै भनि सकेको भएपनि त्यसलाइ इशु बनाउनुको कुनै तुक नरहेको स्पष्ट पार्नु भयो । कसैले आफूलाइ चोर भन्दैमा आफू चोर नहुने बताउँदै प्रमाणित गरेर देखाउन खुल्ला चुनौती समेत दिनु भयो । इशनाथमा भइरहेको विकास लहर देखेर आफनो विपक्षीहरु आफूलाइ हर सम्भव फेल गर्न लागि परेको प्रष्ट पार्नु भयो । जसले जति जाल झेल गरे पनि आफू पछाडी नहटने बताउनु भयो ।