काठमाडौं १२ गते असार
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन विघटन गर्ने कदम चालेपछि सोही दिन राति फेसबुकमा स्टाटस लेख्दै प्रभु साहले त्यसलाई आत्मघाती निर्णय भएको बताए। संविधानको मूल मर्म र जनादेशविपरीत दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आत्मघाती एवं आपत्तिजनक कार्य भएको साहको ठहर थियो।
विघटनपछि तत्कालीन नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’(माधवकुमार नेपालपक्ष र केपी शर्मा ओलीपक्षले आ(आफ्नो गतिविधि गरे। आफ्नो पक्षको बैठक डाक्न थाले। प्रचण्ड(नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक कार्की ब्याङ्क्वेटमा बस्न थाल्यो। पुस ७ गते त्यहीँ बसेको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई चयन गर्यो। सो निर्णयप्रति साहले हलमै उठेर असहमति जनाए। नेपाल र साहबीच रौतहटको निर्वाचन क्षेत्रको राजनीतिलाई लिएर उत्पन्न संघर्षका कारण नेपाललाई अध्यक्ष बनाएकोमा उनले असन्तुष्टि पोखेका थिए। नेपाललाई अध्यक्ष बनाएकोमा साहले प्रचण्ड निवास खुमलटारमै पुगेर समेत असन्तुष्टि जनाए। उनले निर्णय सच्याउन आग्रह गरे। नसच्याए आफू ओलीपक्षमा जाने धम्की पनि दिए। तर, नेपालसँगको सम्बन्ध तोड्नसक्ने अवस्थामा प्रचण्ड थिएनन्। उनले नेपाललाई चिढ्याउनुभन्दा साहलाई त्याग्नु उपयुक्त सम्झे। उनी पुस ९ गते प्रचण्ड(नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए। बैठकमा नआएपछि उनी ओली पक्षतिर लागे कि भन्ने चर्चा पनि चल्यो। यसैबीच साहले विज्ञप्ति जारी गरेर प्रचण्ड(नेपालले अपनाएको दुई अध्यक्षीय प्रणालीप्रति आफ्नो असहमति रहेको सार्वजनिक गरे। ‘नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यताविपरीत नेपालमै असफलसिद्ध भइसकेको दुई अध्यक्षीय प्रणलीजस्तो गम्भीर विषयमा छलफल नै नगरी अंगीकार गर्ने गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक(पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एवम् निरंकुशताको शैलीमा अगाडि बढाइएको विषयप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ,’ पुस ९ गते जारी उनको विज्ञप्तिमा भनिएको थियो। प्रचण्ड(नेपालसँग खुला असन्तुष्टि जनाएका साहलाई आफ्नो पक्षमा ल्याउन बालुवाटारलाई गाह्रो भएन। परिणामतः उनी १० गते सहरी विकासमन्त्रीको शपथ लिन शीतलनिवास पुगे। उनीसँगै अन्य चारजना पूर्वमाओवादी नेताहरु त्यसदिन मन्त्री बने। तत्कालीन माओवादीमा डा। बाबुराम भट्टराई निकट थिए, साह। तर, भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा साह उनीसँग गएनन्। उनलाई प्रचण्डले थामथुम पारेर माओवादीमै राख्न सफल भएका थिए। तर, साह प्रचण्डसँग लामो समय रहन सकेनन्। फागुन २३ देखि ओलीसँग असन्तुष्ट
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला सुनायो। उसले नेकपा नाम ऋषिराम कट्टेलको हुने भन्ने फैसलाको साथै एमाले र माओवादी केन्द्रको एकतालाई पनि भंग गरायो। साह त्यतिबेलै झस्किएको जानकार नेताहरु बताउँछन्। नेकपामा ओली कित्तामा लागेका साह फागुन २३ गतेपछि एमाले बन्नुपर्ने अवस्था आएको थियो। उनी माओवादी केन्द्र फर्किन पनि सकेनन्। नेकपामा ओलीलाई साथ दिएपछि उनले प्रचण्डको जिल्ला जिल्लामा पुगेर आलोचना गरेका थिए। कतिपय ठाउमा पुगेर साहले ‘प्रचण्डमुक्त देश बनाउनुपर्ने’ भन्दै गम्भीर खालका अभिव्यक्ति समेत दिएका थिए। त्यसैले उनी प्रचण्डसँग पुनः जोडिन सहज भएन। त्यसैले उनी एमाले नै बन्नुपर्ने बाध्यता सिर्जना भयो। साहले भने आफू नेकपा पार्टी, त्यसको विचार र सिद्धान्त मानेर ओली पक्षमा लागेको निकटहरुसँग बताउने गरेका छन्। उनले एमाले हुने थाहा भएको भए आफू ओलीको पक्षमा जाँदैनथेँ भन्दै निकटका नेताहरुसँग गुनासो गर्ने गरेका छन्। ‘प्रभु साह एमालेमा चिढिनुका कारण धेरै छन्। नेकपा भएकाले ओली पक्षमा लाग्नुभएको थियो। तर, सर्वोच्चले एमाले बनाइदियो। एमालेले बोक्ने विचार र सिद्धान्त होइन, तत्कालीन नेकपाको विचार र सिद्धान्त हुनुपर्ने भन्ने उहाँको भनाइ छ,ु साहनिकट एक नेता भन्छन्, ‘प्रभु कमरेडले स्थायी कमिटीमा जाने इच्छा देखाउनुभएको थियो। तर ओली कमरेडले वास्ता गर्नुभएन। ज्वालाकुमारी साहलाई मन्त्री बनाउँदा पनि ओलीले प्रभुसँग सल्लाह गर्नुभएन। उहाँको चित्त फाट्दै गएको छ। केपी कमरेडले प्रभु कमरेडलाई मन्त्री हुँदा दौरा सुरुवाल किन नलगाएको भनेर मुखै फोरेर भन्नुभएछ। आफूले लगाउने पोसाकमा समेत ओलीले ‘डिक्टेट’ गरेको उहाँलाई मन परेको छैन।
नेकपा एमालेको प्रदेश २ का पदाधिकारी चयन गर्दा ओलीले लिएका निर्णयमा पनि साह असन्तुष्ट छन्। ओलीले सत्यनारायण मण्डललाई हटाएर रघुवीर महासेठलाई इन्चार्ज र ज्वालाकुमारी साहलाई अध्यक्ष बनाएको उनलाई चित्त बुझेको छैन। प्रभु साह आफैंले इन्चार्जको अपेक्षा गरेका थिए। त्यो नपाए, अध्यक्ष भए पनि लिने उनको चाहना रहेको ती नेताको भनाइ छ। तर, ओलीले बेवास्ता गरिदिए। एमालेको विचार र सिद्धान्त नमान्ने भन्दै साहले बैठकका निर्णयमा समेत हस्ताक्षर गर्न मानेका छैनन्। आफू जोडिएको पार्टी पुरानै एमाले हुन नहुने बरु नेकपाले बोकेको विचार र सिद्धान्त मान्नुपर्ने उनको भनाइ छ। आफूलाई ओलीले स्थायी कमिटीमा नसमेटेकोमासमेत साहको गुनासो छ। ओलीका अन्य कतिपय शैलीका कारण पनि प्रभु साह असन्तुष्ट छन्। ती नेताले एउटा प्रसंग सुनाए( ‘केपी कमरेडले प्रभु कमरेडलाई मन्त्री हुँदा दौरा सुरुवाल किन नलगाएको भनेर मुखै फोरेर भन्नुभएछ। आफूले लगाउने पोसाकमा समेत ओलीले ‘डिक्टेट’ गरेको उहाँलाई मन परेको छैन। जेठ ६ गते सर्वोच्च अदालतले साहसहित सात जना मन्त्रीलाई जिम्मेवारीमुक्त गरेपछि साह झनै चिढिएका छन्। उनी ओलीसँग खासै निकट सम्बन्ध र सम्पर्कमा बसेका छैनन्। ओलीले आफूहरुलाई सिधै हटाउन नसकेका कारण अदालतको सहायता लिएको उनले आशंका गरिरहेको ती नेता बताउँछन्। पछिल्लो समय साह प्रदेश २ तिरै रहेर विभिन्न भेला र बैठक गर्ने गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ साह बताउँछन्। ‘पछिल्लो समय प्रभुजी यतै प्रदेश २ मै हुनुहुन्छ। केही दिनअघि जनकपुरमा पूर्वमाओवादीको भेला गरेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘प्रभुजी एमालेमै रहनुहुन्छ कि माओवादीमा फर्किनुहुन्छ, यसै भन्न सकिँदैन।’साहले भने आफ्नो पछिल्लो मनस्थिति र सक्रियताका विषयमा कुरा गर्न चाहेनन्। नेपाल लाइभले सम्पर्क गर्दा उनले आफू गृहजिल्लामा भएकाले काठमाडौं आएपछि आफ्ना कुरा राख्ने बताए।