शम्भु पडिंत जनकपुरधाम । असार १३ गते
धनुषा जिल्लाको सबैलामा आफै चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव भेटिएको छ ।
टिपर चालक उदयपुरको कटारी नगरपालिका वडा नं। २ बस्ने रत्नबहादुर तामाङ्का छोरा २८ वर्षीय विष्णु भनिने बुद्ध लामाको शव चक्काले किचिएको अवस्थामा भेटिएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव भेटिएको छ ।
मृतकको टाउकोमा टिपरको चक्का र बालुवाले छोपिएको कारण अनुहार देखिएको छैन ।
मृतकको पहिचान नभएको र घटना अनुसन्धनकै क्रममा रहेकाले अहिले केहि पनि भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक इन्सपेक्टर राजेश सिग्देलले बताए । उनका अनुसार घटना शनिबार साँझ ६ बजेको हो ।
यता मृतक परिवारले चालक बुद्धको ह–त्या भएको दावी गरेको छ । टिपर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको ह–त्या नै भएको मृतकका दाई हरि लामाको भनाइ छ ।
घटना ह–त्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान नगरी शव उठ्न नदिने नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले बताए । ‘घटनामा टिपर ब्याक गरी किचेर ह–त्या गरेको जस्तो देखिन्छ ।
जुन ठाउँमा किचिएर घटना भएको छ । त्यो ठाउँ गाडी फँस्ने ठाउँ नै होइन । अगाडी ट्याक्टरहरु थियो’ कटुवालले भने ‘घटना भएको बखत टिपर चालु अवस्थामा नै थियो । प्रहरी आएर बन्द गरे । टिपरको स्टेरिंगको फिंगर प्रिन्ट गरायो भने घटना आफै छर्लंग हुन्छ । प्रहरीले सुक्ष्म अनुसन्धान नगरेसम्म शव उठाउन दिन्नौं ’ उनले भने ।