पवन प्रसाद साह पर्सा । असार १५ गते
पर्सा जिल्लामा जारी निषेधाज्ञाका कारण नेपालमा नपाइने औषधीको प्रयोग गर्दै आइरहेकाहरुलाई समस्या भएपछि केन्द्रले औषधी उपलब्ध गराइदिने सेवाको शुरुवात गरेको थियो । बैशाख २० गतेदेखि शुरु गरिएको सेवा मंगलवार ९आज० देखि बन्द गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेताले बताए ।
झण्डै २ महिनासम्म चलेको अभियानबाट ५ हजार ५ सय बढी लाभान्वीत भएको खेतानको भनाई छ । पर्सा जिल्ला मात्रै नभएर हेटौडा, नारायणघाटसम्मका बिरामीहरुलाई समेत औषधी उपलब्ध गराइएको छ
पछिल्लो समयमा कोरोना भाइसबाट संक्रमित हुनेको संख्या घट्नुका साथै निषेधाज्ञा पनि खुकुलो पारिएको हुँदा आवश्यक्ताअनुसार पुनः सञ्चालन गर्नेगरी हाललाई आजदेखि स्थगित गरिएको खेतानले बताए ।
उक्त कार्यमा सहयोग गर्ने ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका रामबाबु सुवेदी, लालुमाया महतो, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय महावाणीज्य दुतावास वीरगञ्ज लगायतलाई केन्द्रको तर्फबाट खेतानले आभार व्यक्त गरे ।
केन्द्रले पहिलो चरणको महामारीको समयमा पनि ६ हजारभन्दा धेरैलाई औषधी उपलब्ध गराएको थियो