राजेन्द्र महतो लहान । असार १७ गते
सिरहाको बिष्णुपुर गाउँपालिकाले सातौं गाउँ सभा सम्पन्न गरेका छन।
कार्यक्रममा बिष्णुपुर गाँउपालिकाले आ।व।२०७८।०७९ का लागी सातौं गाउँसभाबाट ३४ करोड ९९ लाख बराबरको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । जसमा चालु खर्च तर्फ १८ करोड ६३ लाख र पँुजिगत खर्च तर्फ १६ लाख ६३ हजार प्रस्तुत गरेका छन ।
गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नंं।३ क मा रहेको सामुदायिक भवन,वडा नं।३ ख मा रहेको अपन सामुदायिक भवन,वडा नं। ३ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन सम्पन्न भएका छ्न।
कार्यक्रम का प्रमुख अथिती प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका थिए। मुख्री मन्त्री राउतले सातौं गाउँ सभा सम्बोधन गर्दै संघीय सरकारले प्रदेशको विकास नहोस भन्ने चाहेको आरोप लगाएका छन । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ ।
कार्यक्रम मा मुख्यमन्त्री राउतले,हामी संविधान संशोधन चाहेका हौ, हाम्रो दुर्भाग्य छ जो संघियता विरोधीहरुले सरकारलाई साथ दिएर संविधान कार्यान्वय गर्न वाधा पुगाएको आरोप लगाए । उनले देशमा रहेको ७ सय ५३ पालिका र ७ प्रदेश यो संघियता कै देन रहेको बताएका छ्न ।
उनले अहिले पाँच र छौ गाविसहरुले मिलेर बनेको पालिकाहरुमा करोडौंको बजेट र विकास देख्न पाईएको बताएका छन । कार्यक्रममा गाँउपालिका अध्यक्ष जागेश्वर यादव,उपाध्यक्ष अरुहुला देवी सिंह,पाँच वटै वडाका वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी,राजनीतिदल,
संघ संस्थाका प्रतिनिधि,सर्वसाधारण लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएका छन ।