विणा श्रीवास्तव । रौतहट । असार १७ गते
चर्चित महिला समाजसेवी एवम् पत्रकार प्रभा सिंहको अनसन तोडिएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको विरुद्धमा ५ दिन देखि वहाँ आमरण अनशनमा बस्नु भएको थियोे । समाजसेवी सिंहले बिहिवार राति करिब ९ बज्जेको समयमा गौर अस्पातालमा वरिष्ठ पत्रकार बिनय कुमारलाल दास र पुर्व पत्रकार महासंघका अध्यक्ष रबिन्द्र प्रसाद साहको संयुक्त पहलमा अनसन तोडेकी हुन् । पत्रकार द्वय दास र साहले वहाँलाई जुस खुवाएर अनसन तोडन लगाउनु भएको थियो । साथै अबिर ,माला लगाई दिनु भएको थियोे । अनसन तोडेपछि सिंहले तत्कालको लागि मात्र अनसन तोडेकी हुँ हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रह्ने प्रतिक्रिया दिनु भयो । यस पछि हुने कडा आन्दोलनको तयारीको लागि सम्पुर्ण नगरवासिको सहयोग र समर्थनका लागि अनुरोध समेत गर्नु भयो ।
सो पत्रकारहरू सहित स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियोे ।