राजिव शाह सर्लाही असार १९ गते
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाही लालबन्दी नगरपालिका(१७, रानिगन्जमा सुक्रवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्भिसिङ गराएर ट्याक्टरधनी आफैले घरतर्फ लिएर जाँदै गरेको लु २ त ८६२४ नम्वरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक लालबन्दी नगरपालिका(१६, परवानिपुरका ४० वर्षीय रामहरि कार्कीको मृत्यु भएको हो । सुक्रवार राती साँढे ९ बजेतिर कार्कीले चलाएको ट्याक्टर रानिगन्ज चौकबाट करिव दुई सय मिटर भित्र ९उत्तर तर्फ० रानिगन्जबाट परवानितपुरतर्फ जाने सडकमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई ११ हजार भोल्टको बिजुलीको पोलमा गएर ठोक्किएको थियो । ट्याक्टरले ठक्कर दिएर बिजुलीको पोल भाँचिदा चालक कार्कीलाई करेन्ट समेत लागेको स्थानीयहरुले बताएका छन् ।