रौशन कुमार चौधरी । कटहरिया । असार २० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा महिला हिंसा विरुद्ध क्षमता मुलक कार्यक्रम समपन्न भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ६ फक्तेपुर टोलमा सो कार्यक्रम तालिम आयोजन गरिएको थियो । जनचाहाना मिडिया प्रा।लि। कटहरिया न।पा। ६, फक्तेपुर रौतहटको आयोजनामा तिन दिने महिला हिंसा सम्बन्धि तालिम दिइएको थियो । कटहरिया नगरपालिका वडा नम्बर ६ को सहयोगमा सो तालिम आयोजन गरिएको थियो । वडा स्तरीय योजना बाट सो तालिमको सञ्चालन भएको वडा सचिव सुनिता मुखियाले जानकारी गराउनु भयो । सो तालिमको अन्तिम दिनको कार्यक्रमको अध्यक्षता जनचाहाना मिडिया प्रा।लि। का सञ्चालक रौशन कुमार चौधरीले गर्नु भएको थियो । कर्यक्रमको प्रमुख अतिथीको रुपमा बरिष्ठ वडा सदस्य प्रसाद सहनी रह्नु भएको थियो । तालिममा कवि तथा लेखक उपेन्द्र सहनीले महिला हिंसा सम्बनिध प्रशिक्षण दिनु भएको थियो । तालिममा उपस्थित महिलाहरु लाइ शारीरिक हिंसा,मानसिक हिंसा,यौन जन्य हिंसा,आर्थिक हिंसा,सामाजिक हिंसा,प्रथा परम्पराजनित सांस्कृति हिंसा,राजनितीक हिंसा सहित महिलाहरु माथि हुने अन्य हिंसा बारे प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा लाइ सम्बोधन गर्दै पत्रकार कृष्ण तिवारीले महिला हिंसा के हो रु यस विषयमा प्रष्ट पार्नु भएको थियो । महिलालाइ कुटपिट गर्ने,बलपूर्वक गर्भपतन गर्न लगाउने,महिला भएकै कारणले होच्याउने,यौन दुर्वहार गर्ने,महिलालाइ आर्थिक स्रोत र साधन बाट बञ्चित गर्नु,घरेलु हिंसा समबन्धि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । तालिममा सो वडा भित्रका ३० महिलाहरुको सहभागिता रहेको थियो । तालिम समापनको अवसरमा वडा सदस्य प्रसाद सहनी ,बचिया देवी,वडा सचिव सुनिता मुखिया,वडाका कर्मचारीहरु सह सचिव विश्वनाथ दास,बिनोद यादव,पत्रकार,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।