उपेन्द्र गोले रौतहट २० असार ।
रौतहटको चन्द्रनिगाहपुरमा एक काार्यक्रमकाबिच ३४ छात्राहरुलाई साइकल वितरण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित दुर्गा माध्यामिक जनजागृति विदालय , ठाडाटोलका कक्षा ८ मा अध्ययनरत ३४ जना छात्राहरुलाई आइतबारबार प्रदेश २ सांसद धनलाल थोकरले साइकल वितरण गर्नु भएको विद्यालयका प्रधानाध्यापक नारायण बहादुर कार्कीले बताउनु भयो । प्रदेश २ का सांसद थोकरले प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि थोकरले साइकल वितरण गर्नु भएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्नु हुदै थोकरले साइकल वितरण कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण बहादुर कार्की ,वडाध्यक्ष अमर बहादुर आले , लगायत विधालयका शिक्षक,विधार्थी,अभिभावकहरुको बाक्लो सहभागीता रहेको थियो ।