नवीन यादव सप्तरी, असार २१ गते
सप्तरी जिल्लाको समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभामा सप्तरीको ९वटा नगरपालिका र ९वोटा गाउँपलिका मध्ये कन्चनरूप नगरपालिका र रूपनि गाउँपलिका उत्कृष्ट भएको छ।
जिल्लामा सबै भन्दा राम्रो काम गरेको ठहर गर्दै दुबै स्थानीय तहलाई सम्मान गरिएको हो ।त्यसै गरी सप्तरीको कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका , जिल्ला समन्वय समिति सप्तरीका गंगाराम साह र कमलेश्वर विरागीले राम्रो काम,काज गरेकोमा उत्कृष्ट कर्मचारी भएको भन्दै सम्मान गरिएको थियो ।
सो सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादवले स्थानीय तहले सोचे अनुसारको काम गर्न नसकेकोमा दुख समेत व्यक्त गर्नुभयो । उहाँले सप्तरीको सबै स्थानीय तहलाई जनतामुखी भएर काम गर्नुपर्ने भनेर जोड समेत दिनुभएको थियो ।
जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभाको कार्यलयमा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, तिलाठि कोइलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका सप्तरी प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा जिल्ला सभा भएको थियो ।