कृष्ण तिवारी । रौतहट । असार २१ गते
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकाकी उपप्रमुख कान्ती देवीले पदभार ग्रहण गर्नु भएको छ । उनका सयौं समर्थकहरूले फूलमाला र टीका लगाएर स्वागत गरेका छन् । आज सोमबार एक कार्यक्रमका साथ महतोले नगरपालिकाको कामकाज औपचारिक रुपमा सम्हाल्नु भएको छ । जिल्लाको मौलापुर र कटहरिया नगरपालिकाका नगर प्रमुखले दल त्याग गरेको जनाउँदै रौतहटका २ नगर प्रमुखसहित ७ जना उपमेयरको पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सुचनामार्फत जनाएको थियो । तर सर्वोच्च अदालतले सातै जना उपमेयरहरुको पद पुनर्वाहाली गरि दिएको छ । पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका उपप्रमुखको पद पुनर्वाहाली भएको हो । सो अवसरमा फतुवाविजयपुर नपाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद गुप्ता,वडा नम्बर १ का वडाध्यक्ष संजय प्रसाद,सहित दर्जनौं समर्थकहरुको उपस्थिती रहेको थियो ।