राजिव शाह सर्लाही,असार २१ गते
सर्लाहीमा निषेधाज्ञा खुकुलो गर्दै एक साताका लागि थप भएको छ। जिल्ला प्रशासन सर्लाहीले सोमबार जारी गरेको आदेस अनुसार असार ३१ गते सम्मका लागि थप गरिएको छ।
केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने र होटल तथा सरकारी कार्यालय सेवा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा परिपालना गर्दै बिहान ७ बजे देखि साझ ७ बजेसम्म संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी महतोले बताए । घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ ९दुई० मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।