आरके श्रीवास्तव । कटहरिया । असार २२ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्राविधिक तथा पत्रकारिता सम्बन्धि तालिमको समुद्धघाटन गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा सो तालिमको सुभारम्भ गरिएको छ । वडा नम्बर ७ को आयोजनमा श्री माध्यमिक विधालय बगहीमा ३ दिने तालिमको सुरु भएको हो । तालिमको उदघाटन सत्रको सुरुआत राष्ट्रिय गान बाट भएको थियो भने ज्ञात अज्ञात सहिदहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । वार्ड नम्बर ७ बगहीका वडाध्यक्ष हरिभजन साह र वडा सचिव जयराम साहले सँयुक्त रुपमा दिप प्रज्जवलन गरि तालिमको सुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडाका कर्मचारी धर्मेन्द्र साहले राखनु भएको थियो । तामिममा उदघाटन पछि कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष हरिभजन साहले तालिमको सफलताको लागि शुभकामना मन्तव्य राख्दै वहाँले यस्तो किसिमको पत्रकारिता तालिम कटहरिया नगरपालिकाको अर्को ठाउँमा नचल्ने गरेको यसलाइ आफूले नै सुरुआत गरेको बताउनु भयो । वहाँले सहभागि पत्रकारहरु, प्रशिक्षार्थीहरु, सहभागिहरु लाइ धेरै धेरै धन्यवाद दिनु भएको थियो । यस्ता कार्यक्रमहरु वडा स्तरीय योजनामा हरेक वर्ष थपिदै जाने बताउनु भयो । साथै भ्रमणको कार्यक्रम कोरोना माहामारी कारण दुइ वर्ष देखि चल्न नसकिरहेको जानकारी गराउनु भयो । त्यसलाइ यस वर्ष निरन्तरता दिइने बताउनु भयो । कार्यक्रममा सहभागिहरु लाइ तालिममा सिकाइने विषयवस्तु लाइ राम्रो सँग सिकेर व्यवहारमा उतार्न आग्रह गर्नु भयो । कार्यक्रममा उपस्थित अतिथीहरु,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु लाइ वडा कार्यालयको तर्फ बाट वडाध्यक्ष हरिभजन साहले गमछा ओढाएर सम्मान गर्नु भएको थियो । तालिममा पत्रकार फणिदेव महत र कृष्ण तिवारीले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा वडाध्यक्ष साह सँगै वडा सचिव जयराम साह, वडा कर्मचारी धर्मन्द्र कुमार साह,वडा सदस्यहरु रामपलक साह,शेष हफिज,श्रीपती देवी दलित महिला सदस्य सुगिया देवी,सहभागि प्रशिक्षार्थीहरु,गोरखापत्र दैनिकका समाचारदाता कृष्ण तिवारी,बजिजकाञ्चल मिडिया प्रा।लि।का सञ्चालक राजु कुमार श्रीवास्तव,वर्तमानकाल दैनिक पत्रिका का प्रकाशक रौशन कुमार चौधरी,गुजरामाइ एफएमका स्टेशन मैनेजर रामप्रवेश बैठा,रामेश्वर महतो,रामअश्रे साह,सोनपफी महतो,रामकिशोर यादव,सियाराम साह,नागेन्द्र यादव सहित दर्जनौं सहभागीहरुको उपस्थिती रहेको थियो ।