उपेन्द्र गोले । रौतहट असार २३ गते सामाजिक सुरक्षा भत्ताको विरुद्धमा रौतहटको चन्द्रनिगतहपुरमा बैंकका कर्मचारी आन्दोलित भएका छन । सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै चन्द्रनिगाहपुरमा रहेका सम्पुर्ण बैक तथा वित्तिय संस्थाका कर्मचारीहरु आन्दोलित भएका हुन । सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको ग्लोबल आइएममी बैकका प्रबन्धक साजन प्रजापतिले बताउनु भयो । कोषमा आवद्ध हुन नसक्कीने ५ वटा कारण देखाउँदै चन्द्रपुरका बैंकहरुका कर्मचारीहरुले बुधबार चन्द्रनिगाहपुर चोकमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन । योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने एभरेष्ट बैकका प्रबन्धक राजीव सिग्देलले बताउनु भयो । कोषमा आबद्ध भएपछि आइएलओ सन्धिमा भएको ब्यवस्था अनुसार यसअघि खाइपाइ आएको तलब घट्ने तथा सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुने , सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने , सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुने बैकका कर्मचारीहरुको दावी रहेकोे छ ।