राजिव शाह-सर्लाही ,असार २३ गते
सर्लाही चेम्बर अफ कमर्सले आज(बुधबार) सदरमुकाम मलंगवामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भर्खरै जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी(सिडियो) र जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई संयुक्तरूपमा स्वागत गरेको छ । सर्लाही जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र प्रहरी नायव उपरिक्षक (डिएसपी)माधव प्रसाद बुढाथोकीलाई स्वागत सम्मान कार्यक्रमको आयोजना गरिएको छ। संघका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता `सुगन्ध´ ले उहाँहरुको सर्लाहीको बसाई सुखद होस् भन्ने कामना गर्दै सफल कार्यकाल शुभकामना ब्यक्त गर्नु भयो । स्वागत गर्दै बरिस्ठ उपाध्यक्ष गुप्ताले जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन , निजि तथा व्यवसायीक क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र सर्लाही जिल्लाको विकासका लागि सर्लाही चेम्बर अफ कमर्स सदैव तत्पर रहने बताउनुभयो । कार्यक्रममा प्रजिअ महतो र डिएसपी बुढाथोकीलाई जिल्लाका विभिन्न समस्याहरुको बारेमा समेत जानकारी गराइ समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन्। त्यस्तै कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले जारी गरेको २ महिने लकडाउनका कारण आआफ्नो व्यापार व्यवसाय तथा उद्योगधन्दाको नविकरण गराउनबाट बन्चित भएकाहरु संग घरेलु कार्यालयले नविकरण गराउन ढिलो भएको भन्दै जरिवाना असुल गरिरहेकोले जरिवाना नलिनका लागि नेपाल सरकार सँग पहल गरिदिन र बैंक तथा वित्तीय संस्थासँग श्रृण लिएर संचालन गरेको पसल तथा उद्योगधन्दा लकडाउनको अवधीभरी बन्द रहेकाले सो अवधीभरी लाग्ने ब्याज रकम मिनाहा गराउन आवश्यक पहल गरेर सहयोग गरिदिन कमर्सले प्रजिअ सँग आग्रह गरेका थिए । स्वास्थ्य मापदण्ड पालना गर्दै २० जनाको सहभागितामा मलंगवा स्थित जानकी पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको मलंगवा चेम्बर अफ कमर्सका अध्यक्ष अमित अग्रवालले जानकारी दिए ।