राजिव शाह सर्लाही,असार २३ गते
नेपाल उत्पीडित जातिय मुक्ति समाज प्रदेश न २ का प्रदेश अध्यक्ष गोबिन्द पासवान को नेतृत्वमा संचारकर्मी रुपा सुनार माथी भएको जातीय विभेद तथा छुवाछूत घटनामा आरोपित सरस्वती प्रधान लाई प्रहरी अनुसन्धानको क्रममा नै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ ले आफ्नो जिम्मा लिई हिरासत मुक्त गरि अनुसन्धानकार्य लाई नै प्रभावित पारेको मतियार शिक्षा मन्त्रीको कर्वाही र राजिनामा माग समेत पीडितको कानुन अनुसारको न्याय दिलाउन र राष्ट्रिय दलित आयोग को सिफारिसमा पञ्जिकरन बिभाग ले मधेसी मुलका बिन (मलाह) ,पटबा,लोहार र गोढया जातिलाई बिना अधार राजनितीक पहुचको आधारमा कृतिम दलित बनाई दलित को नाममा आएको सेबा सुबिधा लिने अभिप्रायले दलित सुचिमा राखेकोले सर्लाहीका दलित संघसंगठनहरुले उक्त जातीहरुलाई दलितको शुचिबाट खारेज गर्न माग गरेका छन । ज्ञापन पत्र बुझाउन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,सन्युक्त दलित सङ्हर्श समिति सर्लाहीका सह सन्योजक राम नरेश मण्डल,नेपाल उत्पीडित जातिय मुक्ति समाज का केन्द्रिय सदस्य भिम बिश्वकर्मा ,पार्बती बिश्वकर्मा ,दलित अधिकारकर्मी मुनिल पासवान ,राम चन्द्र राम ,कार्यक्रम अधिकृत गोबिन्द पासवान विद्यार्थी लगायतको उपस्तिथि रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष राजेस पासवानले जानकारी दिए ।