आरके श्रीवास्तव । रौतहट । असार २३ गते
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाउँमा ठगी धन्दा भएको रहस्य खुलेको छ । सामाजिक संजाल फेसबुकमा भाइरहल भएको एक भिडियोको आधारमा यो कुरा बाहिर आएको हो । स्थानियका अनुसार सो गाउँपालिकाको वडा नम्बर ४ मा नाला सरसफाइ गराइएको थियो । तर त्यो वास्तविक सरसफाइ नभएको बुझिएको हो । सरसफाइ गराएको नाला बाट पानीको निकास नहुँदा यो विषय बाहिर आएको हो । सरसफाइ नहुँदा वर्षाको पानी नालामा जमेको भिडियो स्थानिय सुरज मिश्राले पोष्ट गरेका थिए । भिडियोमा नाला बाट पानी निकास नभएको प्रष्ट रुपमा देखिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमको लाखौं रकम फजुलमा खर्च हुने निश्चित छ । सो गाउँपालिकाका निम्ति प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकको हात रहेको बुझिएको हो । कामै नगरी रकम निकासा गराउने दाउँमा हाकिम पठाक रहेका छन् । सो गाउँपालिकाले प्रधान्मन्त्री रोजगार कार्यक्रम अन्र्तगत नाला सरसफाइ,माटो पुर्ने,बाँध मर्मत गराएको दाबी गरेको छ । तर यो सबै कार्यक्रम कागजमै सिमित रहेको नाम न बताउने सर्तमा एक जना स्थानियले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सञ्चालन हुने कार्यक्रमको अनुगमन नहुने गरेको बुझिएको हो । झारपात गोडमेल,माटो पुर्ने काममै लाखौं सकाएको र अहिले निकासाको प्रक्रियामा रहेको स्रोतले बताएको हो । सस्तो लोकप्रियताका लागि लाखौं सकिएको भन्दै विश्लेषकले आलोचना गरेका छन् । बेरोजगार छनौट मापदण्ड समेत प्रभावकारी नभएको स्थानियले बताए । यस विषयमा दुर्गा भगवती गाउँपालिकाका रोजगार संयोजक सुरेश कुमार गुप्ता सँग सोध्दा जवाफदिन बाट आनाकानी गर्दै आपनो शाखा बाट उक्त काम नभएको प्रतिक्रिया दिएका छन् ।