रौशन चौधरी
रौतहट २३ असार । रौतहटको गरुडा नगपालिकामा २ ओटा वडाका स्थानिय धर्नामा बसेका छन । गरुडा नगरपालिकाको वडा नं २ गेडहीगुठी र वडा नं. ७ पिपरियाको वडा समितिको निर्णय कायम गर भन्दै सो दुबै वडाका जनप्रतिनिधि तथा वडावासी नगरपालिका अगाडी धर्नामा बसेका छन । गरुडा नगरपालिकाका इन्जिनियर प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले वडा स्तरिय निर्णय कार्यान्वयन नगरी रकमी चलखेलको आधारमा आफुखुसी काम कारवाही अगाडि बढाएको एक वडा सदस्य शैलेन्द्र कुमार यादवको आरोप रहेको छ । वडा समितिको निर्णय कायम नगरे आफुहरु सशक्त आन्दोलनमा उत्रने वडा सदस्य यादवले बताउनु भयो । इन्जिनियर आलमले वडा स्तरिय निर्णयलाई बेवास्ता गरि आफुखुशी काम गरेको भन्दै धर्नामा बसेका उनीहरुको भनाई रहेको छ