उपेन्द्र गोले रौतहट । असार २४ गते रौतहटको चन्द्रपुर नगरपालिकाको बडेर्वा टोलका एक मुसहर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० स्थित बडेर्वामा विहिबार चन्द्रनिगाहपुरका समाजसेवीहरुको आर्थिक सहयोगमा सो मुसहर परिवारलाई खाद्यान्न सहयोग गरिएको सहयोगदाता राजु तिवारीले बताउनु भयो । केही दिनअघि आंपको रुखबाट लडेर मृत्यु भएका ५० बर्षिय पाचु मुसहरको पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको जनाइएको छ । । चन्द्रपुर ४ का नारायण न्यौपानेले १५००÷ उज्वल रिजाल १०००÷ राज इलोक्ट्रोनिक्सका सञ्चालक राजेन्द्र तिवारले १८८० ÷सुप्रिम एफएम चन्द्रपुरबाट २०००÷ रुपैयाको सहयोगबाट खाध्यान्न सहयोग गरिएको हो । सो परिवारलाई चामल दुई बोरा , दाल ५ किलो , चिउरा १० किलो , तेल ४ लिटर, नुन,मसला, सावुन सरफ,चना लगायतका सामान सहयोग गरिएको जनाइएको छ । परिवारमा मृतकका श्रीमती सिया देवी मुसहर, १८ वर्षकि छोरी सुनिता मुसहर , १० बर्षका छोरा अनु मुसहर र ६ बर्षकि छोरी अनरोही मुसहर रहेका छन । परिवारका आफन्त अकलु माझी मुसहरले खाद्यान्न सहयोगले तत्कालको लागि ठूलो सहयोग पुगेको बताउनु भयो ।