आरके श्रीवास्तव । रौतहट । असार २५ गते
रौतहट जिल्लाको शिवनगरमा स्वास्थ्यकर्मीहरुको लागि तिन दिने अभिमुखिकरण कार्यक्रम जारी रहेको छ । गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर महादेव मन्दिर स्थित कृषि सेवा केन्द्रमा कार्यक्रम चलिरहेको छ । स्वास्थ्य कार्यालय गौर रौतहटको आयोजनामा सो अभिमुखिकरण जारी रहेको छ । आधारभूत तथा आकस्मिक सेवा अन्तर्गत आँखा ,नाक,कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार बारे अभिमुखिकरण कार्यक्रम जारी रहेको छ । असार २४ गते देखि असार २६ गते तिन दिन सम्म सो कार्यक्रम चल्ने स्वास्थ्य कार्यालय गौरका हरेन्द्र गुप्ताले जानकारी गराउनु भयो । सो कार्यक्रममा जिल्ला भरिका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।