राजिव शाह सर्लाही,असार२७ गते
कोभिड १९ प्रतिकार्य नविनतम प्रयासको लागि डिफाईड अष्टेलीया, वाटर फर ओमेन, र एस एन भि नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा सर्लाहीमा भएको चारवटा आइसुलेंसन केन्द्रका लागि कन्ट्रयाक्लेस हात धुने सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भुमिशवर पोखरेल ,जनस्वास्थ्य प्रमुख नवल किसोर झाको विशिष्ट आतिथ्यतामा हात धुने सामग्री हस्तान्तरण गरिएको हो । सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्राङ्गणमा भएको कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारी महतोले उक्त सामग्री जनस्वास्थ्य प्रमुख नवलकिसोर झालाई भर्पाई सहित हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेथुर चौधरीले कोभिड(१९ प्रतिकार्य नविनतम प्रयासको लागि गरेको कामको प्रसंशा गर्दै आउने दिनमा अझ सहयोग गर्न अनुरोध गर्नुभयो ।
कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा रहेको आइसुलेंसन केन्द्रलाई उक्त हात धुने सामाग्री वितरण गरिने प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर,सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप कुमार सिंह , एसएनभी नेपालका पि। एल रत्न बहादुर बुढाथोकी, ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसे, वास इन्जिनियर शोभा केसी एसएनभि नेपालको जिल्ला संयोजक अम्बिका यादव, कार्यक्रम संयोजक मदन कुमार बर्मा, अजय चौधरी लगायतको सहभागिता रहेको थियो