उपेन्द्र गोले रौतहट । असार २७ गते रौतहटको गरुडामा आइतबार १ घण्टा स्थानियले चक्काजाम गरेका छन । रौतहटको गरुडा नगरपालिकाको कार्यालय लामो समयसम्म भाडामा सञ्चालन भइरहेकाले नगरपालिकाको कार्यालय निर्माणमा नगरपालिकाले चासो नदेखाएको बताउदै नगरपालिका अगाडी स्थानिय नागरिकसहित वडा नम्बर २ र ५ का वडा अध्यक्षसहितको टोलीले चक्काजाम गरेका हुन । रौतहटको गरुडा नगरपालिकाको भवन निर्माणका लागी सोएल टेस्ट समेत सम्पन्न भइसकेको अबस्थामा भवन निर्माणमा भने नगरपालिको चासो नदेखाएको उनीहरुको गुनासो रहेको छ । तत्काल नगरपालिकाले सोएल टेस्ट भएको जग्गामा नगरपालिकाको भपन बनाउनु पर्ने माग गरेको नेकपा एमाले रौतहट सहसचीव नेता मोहम्मद करिमुल्लाहले जानकारी दिनु भयो । त्यसैगरि गरुडा नगरपालिकाको वडा नम्बर २ र ५ मा भएका विभिन्न गतिविधिहरुको तत्काल समाधानको मगसहित आइतबार १ घण्टा चक्काजाम गरेको उहाले बताउनु भयो ।