लालबाबु कुशवाहा । रौतहट । असार ३० गते
रौतहट जिल्लाको चन्द्रपुरबाट लागु औषध ईन्जेक्शन सहित मानिस पक्राउ परेको छ । असार २७ गते आइतवार बिहान साढे आठ बजेको समयमा इप्रका चन्द्रपुर र मातहतको प्रहरी चौकी पौराई बाट खटिएको संयूक्त प्रहरीको गस्ती टोलीले गस्ती गर्दे जाँदा जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.१ बाग्मती स्थित बाग्मती नदीकोपुल मुनी नदीको बगरमा संकास्पद अवस्थामा बसी रहेको व्यत्तीलाइ चेकजाँच गर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सर्लाही बाग्मती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३२ को मन्जित थापा रहेको छ । गस्ती प्रहरीलाई देख्नसाथ भाग्न खोजेकोले थापालाई नियन्त्रणमा लिई शरीर तलासी लिदा उनले हातमा बोकेको कालो रंगको पोलोथिन झोला भित्र डाइजेपाम इन्जेक्सन आइपि १८, थान, नरफिन इन्जेक्सन आइपि थान ३८, फेनारगन इन्जेक्सन आइपि थान–३८,डाइजेपाम इन्जेक्सन आइपि थान–१९ गरी जम्मा ११३ थान लागु औषध ईन्जेक्शनहरु फेला परेको प्रहरीले जनाएको छ । बरामद भएकोले लागु औषध ईन्जेक्शनहरु सहित थापालाई नियन्त्रणमा लिई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको इप्रका गरुडाले जनाएको हो