रौशन चौधरी । रौतहट । श्रावण ०१ गते
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा नयाँ कार्यको थालनी गरिएको हो । नयाँ आर्थिक वर्षको पहिलो दिनको पहिलो ग्राहकलाइ स्वागत गरिएको छ । आज देखि नव आर्थिक वर्ष प्रारम्भ भएको अवसर पारेर गाउँपालिकाको कार्यालयमा आएका प्रथम सेवाग्राही लाइ फूलमाला लगाइ मिठाइ खुवाएर स्वागत गरिएको थियो । दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले एक कार्यक्रमका बिच सो पालिभित्रका एक जना सेवाग्राहीलाइ स्वागत गर्नु भएको थियो । गाउँपालिकामा आउने सेवाग्राहीलाइ सहज रुपले सेवा उपलब्ध गराउने प्रतिभूति दिलाउनको लागि यस्तो कार्यको सुरु गरेका हुन् । जनताले दिएको मैन्डेड अनुसार नै आफू अगाडी बढने हाकिम पाठकले बताए । आफू कार्यालयमा रहुन्जेल सम्म नगरवासीहरुको काम कसरी सहज ढंगले अगाडी बढछ त्यता तर्फ पुरै ध्यान दिने वहाँले बताउनु भयो । सो गाउँपालिकाका हाकिम पाठक आफनो एक महिना भन्दा बढीको कार्यकालमा राम्रो सँग काम गरेको प्रतयाभूति दिलानु भएको छ । असार मसान्तका कामहरु राम्रो सँग सम्पन्न गराउनु भएको छ । कुनै पनि शिर्षकको रकम वहाँले फ्रिज हुन नदिएको दावी गर्नु भएको छ । पाठक हाकिम बने देखि सबैले छिटो छरितो काम हुनेमा विश्वास राखेका छन् । सम्भवत जिल्लामै पहिलो पटक नै यसरी सेवाग्राही लाइ स्वागत गरिएको हो । यस्तो कार्य गरेकोले पालिका भरिनै सराहनीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरिएको छ ।