राजेन्द्र महतो सिरहा । साउन ०१ गते
हामीले खोजेको समाज यहि हो ? के यसरी परिवर्तन सम्भव छ त ? हामी समाज बनाउदै छौ कि तहसनहस पार्दै छौ ? आउने पुस्ताले हामी माथि गर्व गर्न लायक समाज बनाउदै छौ हामी ?
यी प्रश्नहरु आफै लाई सोधौ, म स्वम बाट उतर खोज्ने प्रयास गर्दै छु तर मन ले सन्तोषजन्क जवाफ आइरहेको छैन । छनिक र व्यक्तिगत लोभ लालचमा फसेर यस् पुस्ता आफनै परिचय समेत गुमाउदै गइरहेको छ । भ्रष्ट संस्कार नफेरि यस पुस्ताबाट समाज निर्माण को अपेक्षा राख्नु र गर्छु भन्नू हास्यास्पद नै हो, हैन र?
युवा आफै मा एक शक्ति हो, यसलाई अरु कुनै शक्ति को आबश्यक्ता नै छैन । यसलाई वायु को अर्को रुप भन्न सकिन्छ । हो हाम्रो समाज ले पनि हामी बाट हाम्रो वायु रुप खोजिरहेको छ ।
चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भनेका छन्– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङ जस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका, समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ । तर हामी यी सब लाई बिर्सेर कुनै उल्झनमा फसिरहेका छौ । बस, अघिल्लो पुस्ताको बिकृतीका अंश बनेर बसेका छौ (लठैत कार्यकर्ता) ।
वर्तमान समयमा अरुलाई गालि गर्नु, टीकाटिप्पणी, ईर्ष्या बाहेक हामी के नै गरिरहेको छौ ? के त्यस्तो तरिकाले हामी आदर्श समाज बनाउन सक्छौ ? हामी यस्ता युवाहरु हौ जो अरु लाई उस्को काम प्रती टीकाटिप्पणी गर्ने हमेसा तयार रहन्छ तर आफु आफनो कर्तव्य बाट हमेसा पन्छिन खोज्छ । के यसरी समाज बन्ला त ? लय…लभखभच…..
तपाई आफनो छाती माथि हाथ राखेर भन्नुस त, के तपाई इमानदारीपूर्वक आफनो कर्तव्य निर्वाह गर्नुभएको छ ? म त भन्छु, म चुकेको छु, बारबार गल्ती भयो होला पनि, तर प्रयास जारी राखेको छु । के हामी एक अर्का लाई गालि गलौज , टीका टिप्पणी बाहेक केही गरिरहेका छौ, छैनौ ।
हामी नयाँ सोच, फरक बिचारलाई अङाल्न सक्ने कुरा छोडौ, सम्यमता पुर्वक सुन्न पनि सकिरहेका छैनौं । हामी युवा एक अर्का लाई सहयोग गर्नु टाढाको कुरा भयो, केहि गर्न खोजिरहेकोलाई समेत कम्जोर र असहयोग गर्नेगरेको मैले स्वम देखेको छु । हामीमा एकता हुनैपर्ने ठाँउमा समेत तितरबितर भएका छौ, कमजोर बनिरहेका छौ । समान उद्देश्य बोकेर संगै पाइला सारेका युवा समुहहरुमा पनि फुट्ने कार्यले तीब्र गति लिइरहेको छ । के यसरी समाज निर्माण होला त ? सम्भव नै छैन, यस्तो पराले सकारात्मक परिवर्तन मलाई असम्भव लाग्छ ।
हो हामी ले बिसङ्ग्ती, बिकृतीलाई उखाल्नु पर्छ, क्रान्ति को प्रतिक बन्नु पर्छ तर हामी आफैमा फुट भएर, गाली गरेर सम्भब छैन।
हामी उर्जाशिल युवाहरू हौ, आउ समाज बनाउन एकबद्ध हौ ।
– परिवर्तन खोजीहरेको एक युवा…….